सीजीको नयाँ वर्षलाई लक्षित ‘सीजी स्मार्ट होम

काठमाडौँ । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजारसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सी.जी. ब्राण्डको यो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ ।

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा ५१९० बराबरको आकर्षक सी.जी.को स्पीकर र ५० इन्च सम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्

त्यसैगरी ‘मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् । सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १५५० बराबरको सी.जी. भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन्

यसैगरी, सी.जी. ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।
स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ÷ सिलिङ क्यासेट÷ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

यो योजना कम्पनीले यही चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *