दक्षिणढोका थली हुँदै साँखु जाने सडक आज पनि प्रभावित

काठमाडौं । काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् ।

सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानियले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *