बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो

काठमाडौँ । बीमा समितिले समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे २ अर्ब पु¥याएको हो ।
यससँगै कम्पनीहरूले आगामी ३० दिन अर्थात बैशाख १० गतेभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने समितिले जनाएको छ ।

साथै, उक्त पुँजी योजना अनुसार कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको पुँजी पुर्याउनु पर्ने छ । यदि सो समयावधिभित्र पुँजी पु¥याउन नसक्ने कम्पनीहरुले ‘गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने बीमा समितिको निर्देशन छ ।

समितिले बीमा कम्पनीहरूको नेटवर्थ बढाइ सो अनुरुप कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन, उनीहरुलाई एकअर्कामा गाभ्ने÷गाभिने वातावरण सिर्जना भई संख्या घटाउन र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न सो पुँजी वृद्धिको निर्णय गरेको हो ।

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । हाल पुनर्बीमा कम्पनी बाहेक ३९ वटा बीमा कम्पनीहरु छन् । जसमध्ये १९ वटा कम्पनीले जीवन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने २० वटाले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *