रिलायबल लाइफको बोनस दर सार्वजनिक

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार मुनाफामा सरिक हुने(बोनस आर्जन गर्ने) गरी जारी भएका गरिएका बीमालेखहरुमा बीमितले न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् । कम्पनीले घोषणा गरेको अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या १५६ छ ।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर कायम गरेको छ । यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

रिलायबल लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरुका लागि कम्पनीले प्रति हजार ३० रुपैयाँ बोनस दर कायम गरेको छ । कम्पनीले कायम गरेको उक्त बोनस दरको लाभ ४ हजार ६३१ जनाले पाउने छन् ।

बीमा समिति लघु सावधिक जीवन बीमालेखमा सबै बीमा अवधिहरुका लागि कम्पनीले प्रति हजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीको रिलायबल सजिलो जीवन बीमा(एकल तथा सीमित अवधि भुक्तानी) मा सबै बीमालेखहरुका लागि प्रति हजार १३ रुपैयाँ बोनस दर कायम भएको छ ।

रिलायबल सुलभ जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार कम्पनीले प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३२.५ रुपैयाँ बोनस दर तोकेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमितले सबै बीमा अवधिमा प्रति हजार ३० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ५० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार ५५ रुपैयाँ र रिलायबल समुन्नती जीवन बीमा योजनामा सबै बीमा अवधिहरुमा प्रति हजार २० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा यही बोनस दर कायम हुने कम्पनीले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *