लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा तीन जना पक्राउ

काठमाडौँ । लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन् ।

लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *