सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो पूर्व रेकर्ड गरिएको सम्बोधनमा उनले जिसीएममा नेपालको प्रतिबद्धतालाई जोड दिँदै पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य भएको बताएका छन् । परराष्ट्रमन्त्री खड्काले सन् २०१८ मा जिसीएमको अनुमोदन अन्तर्राष्ट्रिय आप्रवासनमा ऐतिहासिक कोशेढुङ्गा भएको बताउँदै त्यसका बहुआयामिक पक्षलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि रूपरेखा कोरोको उल्लेख गरेका छन् ।

“पहिलो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चमा रचनात्मक सहभागिता जनाउन नेपाल इच्छुक छ, सुरक्षित, व्यवस्थित र नियमित बसाइँसराइको दृष्टिकोणलाई साकार पार्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल तत्पर छ”, सुरक्षित आप्रवासनको पक्षमा नेपालले सधैँ पैरवी गर्दै आएको स्पष्ट गर्दै उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *