निर्वाचनको संघारमा पार्टीको पक्षमा माहोल बनाउन आज गारेखा जाँदै प्रचण्ड

न्युज कारखाना । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्नेछन । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *