नेपाल : पपुवा न्युगिनी दोस्रो एक दिवसीय खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ । शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।

पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो । मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन ।

हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो ।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पीएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पीएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ ।

यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना गर्दैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *