भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६५औ सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ जना सदस्यहरु सहभागिता भएका थिए । वालकोट रेडक्रस उपशाखाबाट रगत सङ्कलनका लागि अन्य आवश्यक उपकरणहरू सबै यस संस्थालाई सहयोग उपलब्ध गराएको संस्थाले जनाइएको छ ।

यस संस्थाका अध्यक्ष तेज वहादुर च्वामु श्रेष्ठले रक्तदान दिनु हुने सबै सदस्यहरूलाई धन्यवाद दिनुका साथै रेडक्रस शाखा कार्यालय बालकोटलाई पनि बिशेष धन्यवाद दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *