फ्लोरिडाको समुद्री तटमा खुलेकी वर्षा
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रेम, व्यवसायदेखि उनले पोस्ट गरेका घुमघामका क्षण चर्चाका विषय बनिरहेका छन् ।
वर्षा अहिले घुमघामका लागि अमेरिका पुगेकी छन् । फ्लोरिडाको समुद्री तटमा रमाउँदै गरेका तस्वीरमा वर्षा उन्मुक्त देखिन्छिन् । बिकिनीमा उनी हट देखिएकी छन् । वर्षाको बिकिनी तस्वीर अहिले गफगाफको विषय बनिरहेको छ ।