माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था १३ औं वर्षमा

काठमाडौँ । माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका शाखा अधिकृत चन्द्रलाल डंगोल, विशेष अतिथि राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे, विशेष अतिथि मिस नेवा एवं यस सहकारीका सद्भावना दुत कृषा महर्जन, अतिथि तस्ननी साकोसका अध्यक्ष अष्टलाल महर्जन, सल्लाहकारहरु बाबुराज बज्राचार्य, श्यामकृष्ण महर्जन, यस संस्थाका अध्यक्ष लक्ष्मण महर्जनको उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सवैमा हार्दिक धन्यवाद दिँदै स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण सदस्यहरुमा शुभकामना व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *