राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनिहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।

आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुगेका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *