चुनावी गठबन्धनबारे कांग्रेसले भोलि निर्णय गर्ने : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

ुआजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,ु प्रवक्ता महतले भने ।

आजको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *