नारा दिएर मात्रै सुधार हुँदैन, काम गरेर देखाउनुपर्छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनु पर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’

संविधानले उल्लेख गरे जस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *