पपुवा न्यु गिनी : नेपालले दियो १८४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल तयार गर्‍यो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । स्कोर बोर्डमा २५ रन जोड्दा कुशललाई पहिलो विकेटका रुपमा गुमाए पनि त्यसपछि आशिफ र रोहितकुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २६ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए ।

त्यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएर आउट भएका थिए । टोलीको खातामा करण केसीले दुई छक्कासहित १४ रन थप्दा आरिफ शेखले २२ बलमा एक चौका र दुई छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा एक चौका र एक छक्कासहित ११ रन बनाए ।

यसबाहेक, लोकेश बम पाँच, दीपेन्द्रसिंह ऐरी चार र सोमपाल कामीले एक रन जोड्दा कप्ता सन्दीप लामिछाने एक र अविनास बोहरा सुन्य रनमा अविजित रहे । पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट हात पारे ।

ट्वान्टी २० शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । ट्वान्टी २० शृंखलाअघि खेलिएको दुई खेलको एकदिवसीय शृंखलामा नेपाल पीएनजीसँग २–० ले पराजित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *