कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

काठमाडौँ । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् ।

कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन् । बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन् ।

कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७१ मतदान केन्द्र निर्धारण गरिएका छन् । बेलौरीमा १८ मतदानस्थल र ४२ मतदान केन्द्र, पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्र, दोधारा चाँदनीमा १६ मतदानस्थल र ३३ मतदान केन्द्र, कृष्णपुर नगरपालिकामा १५ मतदानस्थल र ४४ मतदान केन्द्र तोकिएका छन् ।

यसैगरी शुक्लाफाँटा नगरपालिकामा १४ मतदानस्थल र ३८ मतदान केन्द्र, बेदकोट नगरपालिकामा १५ मतदानस्थल र ३७ मतदान केन्द्र, लालझाडी गाउँपालिकामा नौ मतदानस्थल र १८ मतदान केन्द्र र बेलडाँडीमा आठ मतदानस्थल र १८ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *