गरिबको अंतिम फैसला

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य)

बिस्तारै बिस्तारै
मेरा नसा नदिहरुमा
खडेरी पर्न थालेका छ्न ।
अन्न बिहिन पापी पेट
७ रेक्टर स्केलको भुकम्पको
ईपिसेन्टर बन्न खोज्दैछ ।।
मैले फेर्ने सास
रोकिन र थामिन लाग्यो ।
मेरो मुटु
मसंग बिदा हुन खोज्दैछ ।।
म एउटा डडेलोले सुकेको
उजाड वन जस्तै छु ।
हिजोआज ।

म किन ? किन ??
जिवनबाटै स्खल्लित हुदैछु ।।
तिमीहरूले खेली रहेको
सत्ताको फोहोरी खाल छोडेर
निमेष समयका लागि
फुर्सद निकालेर आउ ।
चाडै आउ
बिषको घडा बोकेर आउ
झट्टै आउ
तर चाडै आउ
मेरो मृत्यु बोकेर जाउ ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *