नेपाली कांग्रेसको पानीट्याङ्की टोल कार्य समिति गठन

भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत सिमानामा अवस्थित वडाहरु ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्यसमिति गठन भएको छ ।

यस भेगका प्रभावशाली समाज सेवी, राजनीतिक विश्लेषक, शिक्षाविद प्रलाद सिल्वालको सभापतित्वमा गठन भएको टोल कार्य समितिको उपसभापतिहरुमा अमृत खत्री, अनिष सिलवाल, सचिवहरुमा गौतम खत्री, साजन खत्री, सह–सचिवहरुमा सुधाकर थापा, शान्ता रानाभाट, कोषाध्यक्षमा श्रीमती मुना लुईटेल, सदस्यहरुमा अरविन्द देवकोटा, अभिशेक सिल्वाल, पुरुषोत्तम सिल्वाल, पबिन के.सि., सफल काफ्ले, बिष्णुहरी खत्री र रमेश खत्री सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ३ नम्बर वडा कार्य समितिका सभापति प्रभुभक्तमाडी श्रेष्ठको सभापतित्व, नगर सभापति निशान ढुङगेलको प्रमुख आतिथ्य, जिल्ला प्रतिनिधि किरण थापा श्रेष्ठ, प्रदेश ‘क’ का उपसभापति शशीकुमार न्यौपाने, नेपाली कांग्रेस जिल्ला सदस्य तथा बरिष्ठ पत्रकार कविर राणा, नेपाली कांग्रेस जिल्ला सदस्य जिवन श्रेष्ठ, नेपाली कांग्रेस अग्रज नेता रामप्रसाद दवाडी, प्रदेश सदस्य तथा तरुणदल नगर अध्यक्ष उमेश अधिकारी लगायतको आतिथ्यमा भएको नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन कार्यक्रममा वक्ताहरुले गाउँबाट नगर बनाउने अभियानको अभियन्ता नेपाली कांग्रेस नै भएको बताउँदै आगामी निर्वाचनहरुमा नेपाली कांग्रेसलाई मतदान गरेर लोकतन्त्रको भविष्य उज्वल बनाउन नवनियुक्त पदाधिकारी र उपस्थित कार्यकर्ताहरुलाई आग्रहका साथ अनुरोध गरे ।

नेपाली कांग्रेसका स्थानीय जुझारु नेता बलराम सिलवाल, जसले सूर्यविनायक नगरपालिका–३ मा नयाँ र पुराना बस्तीका मतदाताहरुको मन जितेका छन्, उनले नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठनमा अत्यधिक सक्रियता देखाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *