मौसमविद् : आज र भोलि काठमाडौंको मौसम सुधार हुने देखिँदैन

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ ।

‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परीणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ । तत्काल सम्भावना देखिँदैन ।’

पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए । वायुमण्डलमा रहेका धुलोका कण सोहर्‍न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ ।

उपत्यकामा हाल स्थानीय वायु त छ । तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा बादल लागेको हो । उनका अनुसार जमिन तातिएर स्थानीय वायुमाथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना पनि छैन । ‘आज र भोलि पनि काठमाडौंको मौसममा खासै सुधार हुने देखिँदैन,’ उनले भने ।

महाशाखाका हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकिका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *