आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो ।

२०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गर्दै इन्स्योरेन्सले उक्त जानकारी गराएको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् ।जसमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।

कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखारउपशाखा संचालनमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको जानकारी गराएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *