कांग्रेसले देशव्यापी तालमेल नगर्ने, गर्नुपर्ने भए परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने

काठमाडौ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले सत्तारूढ गठबंधन दलबिच देशव्यापी तालमेल नगर्ने गर्नुपरेमा अवस्था र परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने भन्ने नितिलाई सर्वसम्मत रूपमा निर्णय गर्दै मंगलबार सकिएको छ । गत शुक्रबारदेखि बसेको बैठक निरन्तर चलेको थियो । बैठकमा आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले के कस्तो रणनीति अप्नाएर निर्वाचनमा होमीने हो सर्वत्र चासो र खुलदुलीको बिषय बनेको थियोे र अन्ततः चुनावी तालमेल गर्ने रणनीति पास भएसगै विभिन्न खाले प्रतिक्रिया आईरहेका छन ।

विशेष गरि नेकपा एकीकृत समाजबादी पार्टी र नेकपा माओवादी (केन्द्र) पार्टीले नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकलाई नियालेर हेरिरहेका थिए । कतै नेपाली कांग्रेसले एक्लै निर्वाचनमा जाने निर्णय गरिहाल्यो भने त हाम्रो अस्तित्व साच्चिकै खराब हुन्छ भन्ने चिन्ताले सताएको थियोे यी दुइ दललाई । नेपाली कांग्रेसमा तालमेल गर्नुपर्छ र गर्नुपर्दैन भन्ने दुई वटा धार स्प्रस्ट रुपमा भएतापनि अंतिममा केन्द्रियस्तरमा होईन स्थानीय स्तरमा परिस्थिति हेरेर तालमेल गर्ने नीति सर्वसम्मत रुपमा पारित भएको हो । कांग्रेसले सत्तारूढ दलबिच तालमेल गर्छ या गर्दैन भन्ने उत्सुकता कारणले पनि नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकको निर्णय के आउँछ भनेर सर्वत्र चासो हेरिएको थियो । कांग्रेस एक्लै निर्वाचनमा होमिन्छ कि ? गठबंधन बनाएर निर्वाचन जाने भन्ने सवालमा घनिभुत छलफलमा कांग्रेस लागेको थियो ।

सभापतिले चाहे मुताबिक निर्णय आउँछ भनेर लख धेरैले काटिसकेका थिए र भयो पनि त्यस्तै । कांग्रेसले सत्तारूढ ५ दलिय गठबन्धन बिच तालमेल गरेर निर्वाचनमा जाने संभावना चाहिँ बढेर गएको थियोे छलफल क्रममा । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ दलबीच गठबंधन गरेर निर्वाचनमा जाने मनस्थितिमा पहिल्यैदेखि थिए । सभापति देउवा त केन्द्रिय स्तरमै त्योपनी तीनै तहको निर्वाचनसम्म सत्तारूढ दलहरु बिच नै गठबंधन गर्ने सोचमा थिए । सभापतिको लाईन मान्ने अर्थात सत्तारूढ दलहरू बिच गठबंधन गरेर जानुपर्छ भन्ने पक्षमा अधिकाश केन्द्रिय सदस्यहरु रहेका छन । सभापति देउवा सहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह, र विमलेन्द्र निधिसमेत सत्तारूढ गठबंधन तोड्नु हुन्न भन्ने पक्षमा उभिएका थिए । पुर्व महामन्त्री डा. शशांक कोईरालाको बिचार भने भिन्न थियो । कांग्रेस स्थानीय निर्वाचनमा एक्लै लड्नुपर्छ तर संघीय र प्रदेशको निर्वाचन चाहिँ सत्तारूढ दलबिच आपसी तालमेल गर्नुपर्छ भन्ने थियो । विषम परिस्थितिमा बनेको गठबंधन यदी भत्काई भने परिस्थिति जटिल बन्छ भन्ने संसयले कांग्रेसलाई भित्र भित्रै डर थियो । त्यसकारण तीन वटै निर्वाचनसम्म सत्तारूढ गठबन्धन रहनुपर्छ भन्ने लाईनमा झन्डै दुई तिहाई भन्दा बढी केन्द्रिय सदस्य रहेका थिए । आखिरमा भयो पनि त्यस्तै नै । गठबंधन भत्काउनु हुन्न र तीनै वटा निर्वाचनसम्म तालमेल नै गरेर जाने निर्णय हुन्छ भनेर धेरैले लखपनी काटिसकेका थिए ।

संस्थापन ईतर डा. शेखर कोईराला समूहको भने भिन्न मत रहेको थियो र तेही लाईन सर्वसम्मत रुपले पास भयो भनेर बुझ्दा अझ राम्रो हुन्छ । संस्थापन ईतर डा. शेखर कोईराला समूह भरसक एक्लै निर्वाचनमा जानुपर्छ यदी तालमेल गर्नु पर्यो भने केन्द्रिय स्तरमै नगर्ने बरु जहाँ जहाँ तालमेल गर्नुपर्छ तेहीको स्थानीय निर्णयबाट हुनेगरी गर्नुपर्छ भन्ने थियो र आखिरीमा भयो पनि त्यस्तै ।

जारी बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक बोले । दुवै पटक उनी चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि जंगिएका थिए । माधवकुमार नेपाल र प्रचण्डले नेकपामा बिद्रोह नगरेका भए अहिले पाईएको सत्ता कांग्रेस हातमा आईपुग्ने थिएन भन्ने कुराले सभापति देउवालाई बारम्बार झस्क्याएकै कारण शेरबहादुर तालमेल गर्नुहुन्न भन्ने केन्द्रिय सदस्यसंग बेलाबेला जंगिएका हुन । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकका निर्णयहरु यस्ता छ्न ।

१. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको) धारा २४ (२) बमोजिम २०७ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गरिन्छ ।

२. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको) धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने।

३. उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिएको छ। सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।

४. केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।

५. संविधान निर्माण कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भुमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भूमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति ।

बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापतित्रय पूर्णबहादुर बार धनराज गुरुङ, महामन्त्रीद्रय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहर फरमुल्लाह मंसुर, उमाकान्त आधरी, भीष्मराज आदम्बे, महेन्द्र यादव रसिह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी प्रवक्ता डा. प्रकाशशरण महत, डा शेखर कोइराला मलवहादुर केसी, बालकृष्ण खाँण, जानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बढ़ अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, पेंशराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महन्द्रकुमारी लिम्बु, सरस्वती बजिमय, मञ्जु खाण, सुशीला सिद्धर गणेश लामाले वा आफ्नो धारणा व्यक्त गरेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कंडेल, डा. डिला संगोला, सरिता प्रसाई, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव बाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सज्जयकुमार गौतम, तारामान गुरुङ, आइगेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव दुगाना, राजेन्द्रकुमार के सी, अर्जुनजगबहादुर सिंह, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, अजनी श्रेष्ठ, मैकुलाल के सी उमेशजंग बाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रंगमती शाही, मन्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गीतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सजुबाल, गंगालक्ष्मी अबाल, उर्मिला नेपाल के सी सुशीला ढकाल (आचार्य), रुपा बि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले आःआफ्नो धारणा व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *