कामना सेवा विकास बैंकको शाखा धनगढीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बताए । बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *