पशुपति बिस्कुटको उत्पादन १५ दिन स्थगित

काठमाडौँ । पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिको उत्पादन १५ दिनका लागि स्थगित भएको छ । ओभन जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले उत्पादन स्थगित गरिएको कम्पनीले जनाइएको छ ।

सुनसरीको दुहबीमा संचालित सो उद्योग अनिश्चितकालका लागि बन्द भएको भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका मेसिनहरुको मर्मत सम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *