प्राइम लाइफ इन्स्योरेन्स कास्कीको लेखनाथमा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा खोली सेवा सुरु गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले उक्त कार्यालयको उद्घघाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो ।

उद्घघाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको दाबी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *