मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *