राष्ट्रलाई जोड्ने बलियो धागो बुद्ध धर्मः प्रधानमन्त्री देउवा (बिमस्टेक सम्मेलनमा सम्बोधन)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रहरुले श्रोत–शक्ति जुटाएर बिमस्टेकलाई नयाँ जीवन दिनुपर्ने बताए । कोरोना महामारीबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न बिमस्टेकले भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै उनले दिर्घकालिन आर्थिक र सामाजिक विकासको सुनिस्चितता गर्नुपर्ने बताए ।

समावेशी रिकभरी योजना अवलम्वन गर्नुपर्नेमा उनले जोड दिएका थिए । भ्याक्सिनमा पहुँच, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाको विस्तारसँगै संरचनात्मक सुधार र भौतिक र मानव पुँजीमा गुणस्तरीय लगानी गनुपर्ने उनले जनाए ।

बिमस्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनता–जनताबीचको सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा कदम चाल्नुपर्ने समेत उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *