युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

काठमाडौँ । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् ।

उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन् । प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ ।

२४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् । उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *