क्रेनको ठक्करबाट स्कुल हिँडेकी छात्राको मृत्यु, स्थानीय आक्रोशित

काठमाडौँ । सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ ।

बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो । क्रेनको ठक्करबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियाको घटना स्थलमै मृत्यु भएको हो । आक्रोशित स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुंगामुढासहित सडकमा आएपछि प्रहरीसमेत पाछिहट्नु परेको थियो ।

उनीहरूले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका थिए । सोही क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन् ।

नव जनजागरण माद्यामिक विद्यालयका विद्यार्थी घटनास्थलमा जम्मा भएर नारा जुलुस गरिरहेका छन् । क्रेनमा लगाइएको आगो नियन्त्रणका लागि पुगेका हरिवन नगरपालिकाको दमकलसमेत उनीहरूले फर्काइदिएका छन् । घटना स्थलको स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमा शंकरप्रसाद यादवले जानकारी दिए ।

घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनीबाट क्रेनको अधिकांश भाग जलेर क्षति पुगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार मृतक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

मृतक छात्रा नव ज जागरण माद्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उक्त क्रेन केही दिन यता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटना लगतै प्रहरीले क्रेनका चालकसहित सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *