रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

काठमाडौँ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रुसले ‘नाटकीय भिडियोहरू बनाएर वितरण गरिरहेको’ युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ भालेरी जालुज्नीले दाबी गरेका छन् ।

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले त्यसबारे तत्काल अनुसन्धान हुने बताएका छन् । उनले भने, ‘म हाम्रा सबै सेना, नागरिक र रक्षा बलहरूलाई सम्झाउन चाहन्छु कि युद्ध बन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो । ’

युक्रेनमा राष्टसंघको मानव अधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले भिडियोको छानबिन गरिने बताइन् ।

के छ भिडियोमा र ?
भिडियोमा कब्जा गरिएका सिपाहीहरू जमिनमा देखिन्छन् । उनीहरूमध्ये धेरैको टाउकोमा झोला छ र घाइते खुट्टाबाट रगत बगिरहेको देखिन्छ । उनीहरू कहिले र कसरी घाइते भए भन्ने प्रष्ट छैन् ।

भिडियोको एउटा अंशमा तीन जना मानिसलाई गाडीबाट बाहिर ल्याइन्छ र एक सिपाहीले हतियारले खुट्टामा गोली हानेको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *