ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.