हिट गितको लय समात्दै गायीका पुन

काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ ।

हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो । गीतको बोल “शिरको फुल” रहेको छ । गीत सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउछिन् । श्रोता तथा दर्शकको मायाले आफुलाई हौसला मिलेको उनको भनाई छ ।

गीतमा रेश्मा पुनको स्वर रहेको छ भने लेखु सहयात्रीले शब्द कोरोका छन् । उक्त गितमा करणराज कार्कीको संगीत रहेको छ । मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ ।

यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत, मलाई घाम जुन नि चाहिदैंन्, म त पानी बादलु लगायतका थुप्रै गीतहरु चर्चामा छन् ।

युटुवमा गित सुन्नुहोस

https://www.youtube.com/watch?v=OfQbrpEzpFs&fbclid=IwAR3gXJnjDHVIgMfcgV8fDsYY3g_oPMx_RDs-s-z985NnaOHgnFsZYZ7zLX8SHIRAKO PHOOL | RESHMA PUN | FEAT. PUSHPA

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *