आगामी निर्वाचनमा गठबन्धन हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए । “गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ,” नेता सिंहले भने ।

पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन् । नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरेका छन् । नेपाली कांग्रेस नेता राधेश्याम अधिकारीले पनि सम्बोधन गरेको उक्त कार्यक्रमा एमसीसीबारे छरिएको भ्रम र यथार्थ यस्तो छ भन्दै बुदा बुदामा कार्यकर्ताहरूलाई बुझाउने प्रयास गरेका थिए । अर्का कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताए । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गरेका छन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मत्री तथा नेपाली कांग्रेसका युवा नेता एवम् प्रदेश सभासद दिपेन्द्र श्रेष्ठले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीलाई राजनेता होईन लाजनेता भएको र कम्युनिस्टहरुले देश बनाउदैन खाली बिगार्ने काम मात्रै गर्दछन भनी आफ्नो भनाई राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए । २०५२ सालमा नेपाली कांग्रेस छोडेकी समाजसेवी गोमा बरालले पुनः २७ बर्षपछी माउ पार्टीमा प्रबेश गर्दै २७ बर्षको दौरान जुन जुन पार्टीमा बसेर काम गरे तर नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक, सहयोगी र आत्मिय पार्टी अरु कुनै पार्टी नलागेको भनेर आफ्ना अनुभव सुनाएकी थिइन । कार्यक्रमलाई काठमाडौ क्षेत्र नं १ का क्षेत्रीय सचिव रिकेश महर्जनले उद्द्घोषण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *