तनहुँमा १७ वर्षीया किशोरीमाथि बलात्कार

काठमाडौँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *