निःशुल्क आँखा जाँच शिविर सञ्चालन

काठमाडौँ । रजनी सचेतना नेपाल फाउन्डेशनले टोखा नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

फाउन्डेशनले आज तिलगङ्गा आँखा अस्पताल, काठमाडौँ सटर व्यवसायी सङ्घ, बानियाँटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाल होटल व्यवसायी सङ्घ, महिला उपकार समाज सुधार मञ्च र पञ्चकुमारी युवा क्लबको सहकार्यमा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो ।

टोखा नगरपालिका–९ गोँगबु गणेशस्थानस्थित कामना मावि परिसरमा आज भएको कार्यक्रममा निःशुल्क आँखा जाँच शिविर, निःशुल्क मोतियाविन्दुको शल्यक्रिया तथा निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएको हो ।

फाउन्डेशनकी अध्यक्ष रजनी थापाले टोखा नगरपालिकाभित्र सामाजिक काम गर्दै आएको रजनी फाउन्डेशनले आज गणेशस्थानमा निःशुल्क आँखा शिविर एवम् मोतियाविन्दुको शल्यक्रिया गरेको जानकारी दिएका छन् ।

रजनी फाउन्डेशनले विगत ५ वर्षदेखि समुदायस्तरमा महिला, युवा तथा स्वास्थ्य लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *