प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उनिहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गरेका थिए ।

नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ ।

त्यसअघि द्विपक्षीय भेटका लागि प्रधामन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *