यसपटक गत बिश्वकपमा फ्रान्ससंग हारेको तितो अर्जेन्टिना उल्टाउन चहान्छ- इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टी

फिफा विश्वकप यस वर्ष (२०२२) को अन्त्यसम्ममा हुनेछ । भखर टाईसिट बिभाजन भएको छ अर्थात समूहहरू सेट गरिएका छन । सबै देशहरूलाई थाहा भैइसकेको छ कि आफ्नो देशले प्रतियोगिताको नकआउट चरणहरूमा पुग्न कसलाई जित्नुपर्छ भनेर ।
यो विश्वकपमा लियोनल मेस्सीको देश अर्जेन्टिना समूह ‘सी’ परेको छ । अर्जेन्टिनाको समुहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया परेका छन र यो समुह जितेर पक्कै अर्जेन्टिना अर्थात मेसी प्रिक्वाटरमा पुग्छ भन्ने निश्चित प्राय छ ।
यसैक्रममा टियुडिएनसंगको अन्तर्वार्तामा इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टीलेले टूर्नामेंटमा अर्जेन्टिनाले के बिजय हासिल गर्न सक्छ भन्ने बारे आफ्नो भनाई व्यक्त गरे । अन्तरबार्तामा जानेट्टीले भने कि उनी विश्वस्त छन्, गत समरमा कोपा अमेरिका जित्दा मेस्सी र अर्जेन्टिना कति खुशी थियो हामी सबैले देखेको हो । अबको कतारमा हुने विश्वकपमा के गर्न सक्छन् भनेर राम्ररी प्रमाणी गरेका छन । ‘मेस्सी निकै खुसी थिए कोपा अमेरिकाको ट्रफी जित्दा । म उनलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग खेल्दा खुसी देख्छु । आशा छ, यो उनको विश्वकप हुनेछ, “जानेट्टीले भने ।


जेनेट्टीले भर्खरको कोपा अमेरिकाको ताज लियोनेल स्कालोनी र टोलीका लागि भावनात्मक लिफ्ट भएको कुरा पुष्टि गरे किनभने यो मेस्सी युगमा पहिलो अन्तर्राष्ट्रिय ट्रफी थियो । “कोपा अमेरिका जित्नाले अर्जेन्टिना राम्रो गर्‍यो किनभने यसले अर्जेन्टिनालाई धेरै वर्ष पछि उपाधि नतिजा बिहिन अवस्थाबाट मुक्त गर्‍यो,” । जेनेट्टीले एउटा कुरा भने गत बिश्वकपमा फ्रान्सबाट हारेको तितो यसपटक अर्जेन्टिना उल्टाउन चहान्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *