कुमारी बैंकको २१औं वार्षिक उत्सवमा एक भाग्यमानीलाई दुबई भ्रमण

काठमाडौँ । कुमारी बैंक यही २१औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले विभिन्न आकर्षक योजना तथा अफरहरू ल्याएको छ । कुमारीले आफ्नो वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ ।

बैंकले चारवटा अफरहरू ल्याएको छ । १- डेबिट र क्रेडिट कार्डको हकमा – बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २,१०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुनेछैन ।

२) पहिलो पटक मोबाइलमा रिचार्ज गर्दा वा पहिलो क्यूआर भुक्तानी गर्दा–बैंकको वार्षिक उत्सवका अवसरमा अधिकतममा २१० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त हुनेछ ।

३) हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने – कुमारी बैंकको २१औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।

४) लक्की–ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण– बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पे वा मोबाइल टपअफ गर्दा लक्की–ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की–ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफूसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *