नेपाल लाइफ हिमाल सफाइ अभियानमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ ।

एक कार्यक्रमबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरुमा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान जारी छ । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैरसरकारी संघ÷संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु प्रशंसनीय भएको बताए ।

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्वमान चित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै नेपाली सेनासँग हिमाल सफाइ अभियानमा हातेमालो गरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *