लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबिचसम्झौता

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसी आईसी आई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदान प्रदान गरेका थिए । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथ साथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने छ ।

साथै यो सम्झौताले दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदान प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *