गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुहोस् : डा. कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् ।

कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे ।

गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे ।

केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् । ‘जथाभावी टिकट वितरण गर्ने होईन । सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । अर्का केन्द्रिय सदस्य मधु आचार्यले अरु दलहरु पनि कांग्रेसको एजेन्डामा चुनावी तालमेलका लागि तयार हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *