निर्माण व्यवसायी शर्मालाई मातृशोक

काठमाडौँ । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

रेवतीदेवी निर्माण व्यवसाय क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय राधाकृष्ण शर्मा पराजुलीकी धर्मपत्नी हुन् ।काठमाडौंको ताहाचलस्थित निवासमै रेवतीदेवीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सामान्य हृदयघातबाट निधन भएको अनुमान गरिएको शर्मा एन्ड कम्पनीका चिफ म्यानेजर रमेश सुवेदीले जानकारी दिए ।

उनँका अनुसार स्वर्गीय रेवतीदेवीको शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । आमाको पार्थिव शरीरमा व्यवसायी शर्माले दागबत्ती दिएका थिए । स्वर्गीय रेवतीदेवीका दुई छोरी र एक छोरा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *