आजको विदेशी मुद्राको विनिमय दर कस्तो रहेका छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३४ रुपैयाँ ४० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८रुपैयाँ ६४ पैसा र बिक्री दर १५९ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६९ मात्र र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७३ पैसा र बिक्री दर ९१ रुपैयाँ १८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ दुई पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *