३३ जना कोरोना सङ्क्रमण, ८९ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ प्रतिशत छ । हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *