प्रधानमन्त्रीको भारत भ्रमण कति फलदायी ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमण सकेर काठमाडौ फर्किएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो र चार वर्षयता नेपाली प्रधानमन्त्रीको पहिलो भारत भ्रमण पनि हो ।

कोभिड–१९ को महामारी र सीमा विवादले प्रभावित भएको नेपाल भारत सम्बन्धलाई देउवाको यो भ्रमणले दुई देश बिचको सम्बन्धलाई केही गाडा बनाउन त्राणको काम गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार देउवाको टोलीमा वरिष्ठ मन्त्री, सचिव र सरकारी अधिकारी सहभागीता थियो । गत सातामात्र उत्तरी छिमेकी राष्ट्र चीनका विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको क्रममा अचानक भारत भ्रमणको घोषणा भएको हो । तर यस अघि जनवरीमा देउवाले गुजरातमा हुने व्यापार शिखर सम्मेलनमा भाग लिने तय भए पनि त्यसलाई कोभिड महामारीको तेस्रो लहरका कारण रद्द गर्नुपरेको थियो ।

सदियौ, देखिको बृहत् साँस्कृतिक र जनता-जनताबीचको सम्बन्ध छ नेपाल भारतका बिच । दुई देशबीचको बहुआयामिक र सदियौंदेखिको सम्बन्ध सधैं सौहार्दपूर्ण रहँदै भएतापनि बेला बेलामा दुई देश बिच विशेष गरि १७०० किलोमिटर लामो दुई देश बिच सिमा जोडिएका कारण तेही सिमाना कै बिषयमा विवाद हुँदै आएको छ ।

भारतले मे २०२० मा केपी शर्मा ओलीको कार्यकालमा नेपाली भूभाग लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवरमा एकतर्फी सडक निर्माण गर्यो । यस्को संगसगै नेपाली भुभाग कालापानी, लिपियाधुरा र लिपुलेक समेटे्र नयाँ नक्सा प्रकाशित गर्यो । भारतको हेपाह प्रवृत्तिलाई जवाफ दिन नेपालले पनि उक्त भुभाग भारतको होईन नेपालको अभिन्न अंग हो भनी कालापानी, लिपियाधुरा र लिपुलेक समेटे्र चुच्चे नक्सा संबिधान नै संशोधन गरे्र प्रकाशीत गर्यो । नक्सा र सडक प्रकरणले दुई देश बिचको सम्बन्धमा तिक्तता आउन शुरु भएको थियो । निश्चित रुपमा यस पटकको देउवाको भ्रमणले बढेका तिक्ततालाई केही मथ्थर पारेको छ ।

नेपाल भारत बिच बढेको असमजदारीलाई हटाउने सवालमा कालापानी, लिपियाधुरा र लिपुलेकको नेपाली भुभागमा दाबी जहिलेसम्म भारतले गर्न छोड्दैन तबसम्म सिमा बिबाद हल हुन्छ भनेर नठाने हुन्छ । सयुक्त पत्रकार सम्मेलनमा नेपाली प्रधानमन्त्रीले आफ्नो मनत्ब्यमा घुमाउरो पाराले कालापानी, लिपियाधुरा र लिपुलेकका बिषयमा आपसी समजदारीबाट हल गर्नुपर्छ र त्यस्का लागि एक उच्चस्तरीय दुबै देश सम्मीलित संयन्त्र बनाएर हल गर्नुपर्ने भनी भन्नुले सिमा विवादमा नेपाल भारत भन्दा धेरै चिन्तित छ भनेर उजागर गर्दछ । सिमा विवाद त्यसमा पनि कालापानी, लिपियाधुरा र लिपुलेक कसरी फिर्ता ल्याउने भन्ने बारेमा नेपाल सधै चिन्तित र चिन्तित हुनैपर्छ । दुई देशबीचको सम्बन्धमा सबैभन्दा अप्ठ्यारो र पेचिलो बिषय यही कालापानी, लिपियाधुरा र लिपुलेकबारेको सिमा विवाद नै हो ।

अर्को भनेको भारतबाट पश्चिम नेपालको महेन्द्रनगर र नेपालगन्ज हुँदै हवाई प्रवेश बिन्दुहरू सुरक्षित गर्ने थियो । यो सुबिधा नेपाले पाउने बितिक्कै भैरहवा र पोखरामा बनेका दुई नयाँ क्षेत्रीय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न सजिलो हुन्छ । तर, महेन्द्रनगर मार्गमा भारतीय आकाशमा चहलपहल बढेपछि भारतले स्वीकृति दिन ढिलासुस्ती गरिरहेको छ र यो बिषयमा नेपालले आफनो माग राखिसकेबाट नेपालको माग छिट्टै सम्बोधन हुन्छ भनेर आशा गरौं ।
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलले नेपाली नयाँ वर्ष २०७९ वैशाख १ गतेदेखि वा बुद्ध जयन्तीदेखि व्यावसायिक उडान सुरु गर्ने योजना बनाएको छ, त्यसैले हवाई प्रवेशको समस्या राजनीतिक तहमा नै ढिलो नगरी समाधान गर्नुपर्छ ।

अर्को कुरा भारतलाई नेपालमा खपत भएर बढी भएको विद्युतलाई फाइदाजनक रूपमा बेच्ने मात्र नभई महाकाली नदीमा रहेको ६ हजार ७ सय मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाजस्ता लामो समयदेखि अलपत्र परेका आयोजनाहरू सुरु गर्न पनि सहयोग खोज्ने ऊर्जा सम्झौता गर्नुपर्छ । भारतसँग नेपालको बढ्दो व्यापार घाटा अर्को पीडादायी बिषय हो । कहालीलाग्दो दुई देश बिचको ब्यवपार घाटा घटाउने भरपर्दो क्षेत्र नेपालको जलस्रोत नै हो । कसरी हुन्छ बडीसे बढी बिधुत उत्पादन गरेर भारतलाई बेच्न सक्यो उत्तिकै रुपमा नेपाल र भारत बिचको ब्यापार घाटा कम हुदैजानेछ । दुई देशबीचको सम्बन्धलाई दिगो राख्न गाडा बनाउन बिदमान असमझदारीलाई चिर्दै अघि बढाउनका लागि देउवाले यसपटक गरेको भ्रमण निक्कै महत्वपूर्ण र फलदायी ठहरिएको छ ।

केही मुद्दा यसपटक भ्रमणमा मुख्य एजेन्डा नबनेपनी चार बर्षपछी भएको नेपालको उच्चस्तरीय भारत भ्रमण सफल भएको मान्नुपर्छ । भारतले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमणमा बोलाएर तिक्ततापुर्ण रुपमा रहेको दुई छिमेकी बिचको सम्बन्धलाई महत्त्व दिए र, आगामी दिनकालागी बिश्वासीलो बाताबरण बनाउन यो भ्रमणले सहयोग गर्ने छ । अहिलेको विश्व भु-राजनितक अवस्थामा नेपाल जस्तो सानो छिमेकी देशलाईसगै लिएर जाने आशय यसपटकको भ्रमणमा भारतीय पक्षबाट प्रकट हुनुलाई ठूलो उपलब्धि मान्नुपर्छ । उजा क्षेत्रमा सहकार्य गर्ने भारतीय पक्षको सकारात्मकता र उर्जा क्षेत्रमा भएका केही नितिगत निर्णयले निश्चितरुपमा नेपालको बिधुत बिकाशामा ठूलो उपलब्धि दिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.