मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का १९ वर्षीय संतोष चौधरी रहेका छन् । गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगंज मेडिकल कलेजमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

सोमबार बेलुकी पौने ८ बजे चौधरीद्धय सवार भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *