एएफसी कप : मछिन्द्र र ब्लु स्टार भिड्दै

काठमाडौ । एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

ए डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुनेछ । खेल अघि कन्सर्ट हुने आयोजकले जनाएको छ । यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ ।

खेलको टिकट दर भिआईपी तर्फ १ हजार र सामान्य तर्फ ५ सय राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *