गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।

मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका-२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका छन् ।

ुयो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छु उनले भने । नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए ।

उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने दाबीसमेत गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरू नक्कली रहेको टिप्पणी गरे ।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको उनको आरोप थियो ।

कार्यक्रममा स्थानीय नेता डा. मन्जुर खाँ, अब्दुल हक कार्यकर्तासहित एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । डा। खाँलाई स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको नगरप्रमुख पदमा टिकट दिने गरी प्रवेश गराएको स्रोतको दाबी छ । डा. खाँ २०६४ सालको संविधान सभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *