चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् ।

अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *