सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *