एनएमबिको विस्तारीत काउण्टर मधेस प्रदेशको हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

काठमाडौँ । एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । हिमालयसुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय श्री अवध किशोर यादव र श्री एस एन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापना पूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ । शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यत्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिनहुन पनि सम्पूर्ण महानुभावहरुलाई अनुरोध गरेका छन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उत्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ । एनएमबि बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *